भिएनएलः फ्रान्सको दबदबा कायम | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

भिएनएलः फ्रान्सको दबदबा कायम

काठमाडौं । नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ । शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्षस्थानमा छ । फ्रान्सले जापानविरुद्ध २५-२२, २७-२५, २५-१७ को सहज जित निकाल्यो ।

यता, दोस्रो स्थानको पोल्यान्डले अष्ट्रेलियालाई ३-० कै सोझो सेटमा हरायो । १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्यान्डले २५-१७, २५-१९, २५-११ को जित निकाल्यो ।

अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३-२ को सेटमा हरायो । इरानले क्यानडा र इटालीले स्लोभाकियालाई सोझो सेटमा हराउँदा अमेरिकाले घरेलु टोली बुल्गेरियालाई ३-१ को सेटमा हरायो । जारी भलिबल नेसन्स लिगमा १६ टिमको सहभागिता छ । यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);