एनभिएल लिगमा एपिएफको महिला र पुरुष दुवै टोली पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

एनभिएल लिगमा एपिएफको महिला र पुरुष दुवै टोली पराजित

काठमाडौं । 

एपिएफको महिला टोलीसँगै पुरुष टोलीले दशौं प्रधानमन्त्री कप एनभिएल लिगमा हार सामना गरेका छन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रवार भएको खेलमा एपिएफको पुरुष टोली रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग ३–० को सोझो सेटमा पराजित भयो । महिला टोली भने एभरेस्ट भलिबल क्लवसँग ३–१ को सेटमा पराजित भयो । रुकुम पश्चिम र एभरेस्ट दुुवैमा विदेशी खेलाडी अुनबन्धित छन् । तीन जना पाकिस्तानी खेलाडीको साथ पाएको रुकुम पश्चिमले विभागीय टोली एपिएफलाई २५–१४, २५–२१ र २५–१५ ले पराजित ग¥यो । रुकुम पश्चिमबाट गण्डकी प्रदेशका खेलाडी पनि खेलिरहेका छन् । महिलातर्पm तीन जना भारतीय खेलाडीको साथमा रहेका एभरेस्टले एपिएफलाई २५–२०, १६–२५, २५–१७ र २५–१६ ले हरायो ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहने एपिएफ घरेलु प्रतियोगिताको सबैभन्दा बलियो टोली रहँदै आएको थियो । भारतीय खेलाडी केपी अनुश्रीको साथ पाएको एभरेस्ट एउटा सेटमा बाहेक एपिएफमाथि पूर्ण हाबी भयो । दोस्रो खेलमा एपिएफको पहिलो हार हो ।  महिलातर्पm नै न्यु डायमण्डले सुदूरपश्चिम प्रदेशविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । न्यु डायमण्डले सुदूरपश्चिमको चुनौती २५–११, २५–३ र २५–१ ले पन्छाएको हो । एपिएफले आफ्नो पहिलो खेलमा बिहीबार त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो । एभरेष्टले भने नेपाल पुलिस क्लबसँग ३–० को पराजय बेहोरेको थियो ।
पुरुषतर्पm पुलिसले कोशी प्रदेशलाई ३–१ सेटमा हरायो । पुलिसले कोशीलाई २५–२३, २२–२५,२५–२० र २५–२२ ले हरायो ।

Leave a Reply

ताजा समाचार