सात संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

सात संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक सात संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल हुनेछ । बिहान १० बजे बस्ने उद्योग तथा वाािण्ज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेश र छलफल र उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बालगृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरुको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त गृह मन्त्रालयसंवद्ध उजुरीउपर छलफल सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएको निर्णय÷सम्झौता र सोको कार्यान्वयनको अवस्था एवं कार्यान्वयन लागि नेपाल सरकारबाट भए गरेका कामकारवाही, संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१)मा सहभागिताको लागि नेपालको तयारीबारे छलफल हुनेछ ।

Leave a Reply