पाँच संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ ।  आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ मा परेको संशोधनहरुमाथि संशोधनकर्ता माननीयज्यूहरुसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने कृषि तथा प्राकृतिक श्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply