आज पाँच वटा संसदीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

आज पाँच वटा संसदीय समितिको बैठक

काठमाडौं, १५ कात्तिक । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बस्दैछ ।

बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरुको अनुगमन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका कामकारवाहीका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदुतको सुनुवाइ प्रक्रिया प्रारम्भ गर्ने कार्यसूचि रहेको छ भने बिहान ११ बजे नै शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);