गुटेरेसलाई सुरक्षा दिन बेसक्याम्पमा खटिएका असईको मुत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

गुटेरेसलाई सुरक्षा दिन बेसक्याम्पमा खटिएका असईको मुत्यु

death body

काठमाडौं, १५ कात्तिक । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

गुटेरेसको सुरक्षाका लागि गत कात्तिक १२ गते हेलिकप्टरमा अन्नपुर्ण बेसक्याम्पमा पुगेका ढुंगानाको लेक लागेर मृत्यु भएको हो ।

हेलिकप्टर फर्किएपछि उनी खट्टुाले हिडेर फर्किएका थिए । हिमालय भन्ने ठाँउमा गएराति बास बसेका उनलाई आज बिहान स्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरबाट पोखरा ल्याइएको थियो ।

उनी पर्वतका हुन् । ढुंगाना पोखराको घान्द्रुकमा कार्यरत थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);