लेक लागेर आमा छोरा कै ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

जाजरकोट, ३० कार्तिक। जुम्लाबाट जाजरकोटतर्फ जाने क्रममा लेक लागेर आमाछोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जाजरकोट र जुम्लाको सिमानामा पर्ने मुलसाम लेकमा लेक लागेर बिहिबार बिहान आमा छोराको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार जुम्लाको टोप्ला माइतीघरबाट वारेकोट गाउँपालिका वडा –३ पारामुलसाम घरमा फर्कने क्रममा ३५ वर्षीया आमा पशुपती शाही र उनका ११ वर्षीय छोरा दिपेन्द्र शाहीको मृत्यु भएको हो।

बिहानै हिंडेका उनीहरु अत्यधिक चिसोले गर्दा लेक लागरे ज्यान गएको स्थानीयले बताए।