चिरपट प्रहार गरी जेठानले गरे ज्वाईँको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, ३० कार्तिक । तनहुँको व्यास नगरपालिका -१२ कर्लुङमा आफ्नै ज्वाईलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा ४५ वर्षीय जेठान शम्शेरबहादुर सार्की पक्राउ परेका छन् ।

म्याग्दे गाउँपालिका १ मानुङ घर भई व्यास १२ कर्लुङस्थित ससुराली गाउँमा बस्दै आएका ४२ वर्षीय वीरबहादुर नेपालीलाई जेठान सार्कीले दाउराको चिरपटले टाउको र शरीरको संवेदनशील अङ्गहरुमा प्रहार गरेर घाइते बनाएका थिए। घाइते नेपालीलाई उपचारका लागि दमौली अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताएका छन् ।

दुबै जनाले अत्याधिक मदिरा सेवन गरेको बेला झगडा भएको थियो । घटनामा संलग्न सार्कीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ प्रहरीले अनुसन्धान सुरु गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);