चिरपट प्रहार गरी बुबाको हत्या | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

चिरपट प्रहार गरी बुबाको हत्या

murder

रौतहट,२० माघ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै बुबा ५५ वर्षीय निर कुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निर कुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply