स्रोत नखुलेको ४१ लाखसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

स्रोत नखुलेको ४१ लाखसहित पक्राउ

काठमाडौं, २० माघ । स्रोत नखुलेको नगद सहित एकजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका २ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय नगद २१ लाख ७ हजार १ सय रूपैयाँ सहित भारत घर भई कपिलवस्तु मायादेवी गाउँपालिका १ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको युपि ५५ एएम ०४५९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी कारका चालक मुसलमान समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);