विभिन्न स्थानबाट स्रोत नखुलेको ३९ लाख २९ हजार नगदसहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विभिन्न स्थानबाट स्रोत नखुलेको ३९ लाख २९ हजार नगदसहित तीन जना पक्राउ

काठमाडौं। धनुषा, रुपन्देही र पर्साबाट स्रोत नखुलेको ३९ लाख २९ हजार ४८० रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१२ कुवाँबाट स्रोत नखुलेको २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भएका १९ वर्षीय अब्दुल समी छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जनकपुर उपमहानगरपालिका–२५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाईपासबाट स्रोत नखुलेको ६ लाख ५० हजार भारतीय रूपैयाँ (१० लाख ४० हजार रुपैयाँ) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर भएका ५० वर्षीय बुद्दिराम बरु रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । इलाक प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि राजश्वज अनुसन्धान कार्यालय वुटवल पठाइएको छ । पर्साको वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट स्रोत नखुलेको ५ लाख रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत घर भएका  ३० वर्षीय बालकृष्ण कुमार छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर ०५ एजि ४२५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);