अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक माध्यमिक विद्यालयमा शनिवार बिहान विस्फोट भएको छ । प्रान्तीय राजधानी असदाबादको एक विद्यालयमा भएको विस्फोटमा केही व्यक्ति हताहती भएको जनाइएको छ । प्रान्तीय प्रहरी प्रवक्ता फरीदुल्लाह देहकानकाअनुसार असदाबादको अन्दिर सिर क्षेत्रमा रहेको विद्यालयमा स्थानीय समयअनुसार बिहान करिव १० बजे विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याइएको उहाँले जानकारी दिनुभयो । विस्फोटको प्रकृति र घटनामा परी घाइते तथा मृत्यु हुनेको यकिन संख्या भने प्रहरीले सार्वजनिक गरेको छैन ।




