काबुलमा बम विस्फोट : उप गभर्नरसहित २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०७९, बुधवार

काबुलमा बम विस्फोट : उप गभर्नरसहित २ जनाको मृत्यु

एजेन्सी , ३० मंसिर । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको बम विस्फोटनमा प्रान्तीय उपगभर्नर समेत २ जनाको मृत्यु भएको छ । मंगलबार भएको बम विस्फोटमा काबुलका उप गभर्नरका महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगीको मृत्यु भएको अफगानीस्तानको गृह मन्त्रालयले जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट विस्फोट गराइएको गृहमन्त्रालयले जनाएको छ । बम विस्फोटबाट सवारी साधनमा रहेका अन्य दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको बताइएको छ ।

आक्रमणबाट सवारी साधन पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ । अफगान सरकारी अधिकारीहरुले उक्त आक्रमण विद्रोही तालिबानले गराएको दाबी गरेका छन् ।

मंगलबार नै काबुलकै पूर्वी क्षेत्रमा सशस्त्र लडाकूले प्रहार गरेको गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान जानुका साथै अरु दुई प्रहरी घाइते भएका छन् ।

Leave a Reply