फ्रान्समा लकडाउन हटाएर रात्रिकालिन कर्फ्यू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

फ्रान्समा लकडाउन हटाएर रात्रिकालिन कर्फ्यू

एजेन्सी, १ पुष । फ्रान्समा कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउन हटाएर रात्रिकालिन कर्फ्यू जारी गरिएको छ । नजिकिदै गरेको क्रिसमसमा कोरोना संक्रमण दर अझै बढ्न सक्ने भन्दै कर्फ्यू जारी गरीएको हो ।

स्थानीय समय अनुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म स्थानीय अधिकारीको अनुमति बिना कोही पनि घरबाट निस्कन पाउने छैनन् ।

महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन त्यहाँको सरकारले आग्रहसमेत गरेको छ । होटल बार तथा रेष्टुरेन्टहरु बन्द भएका छन् भने अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह गरिएको छ ।

फ्रान्समा एकै दिन ७ सय भन्दा बढीको कोरोनाका कारण मृत्यु भएपछि आगामी जनवरी २४ सम्म लकडाउन गरिएको हो । त्यसैगरी युरोपका अन्य देशहरुमा पनि महामारी फैलन सक्ने भन्दै क्रिसमसको पूर्वसन्ध्यामा कडाइ गरिएको छ ।

सार्वजनिक क्लब तथा रेष्टुरेन्टहरु बन्द छन् भने सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);