फ्रान्सका ९ शहरमा रात्रिकालिन कर्फ्यू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फ्रान्सका ९ शहरमा रात्रिकालिन कर्फ्यू

एजेन्सी, २९ असोज । फ्रान्सका ९ शहरमा रात्रिकालिन कर्फ्यू लगाइने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशमा कोरोनाको बढ्दो संख्यालाई हेर्दै सोको रोकथामका लागि राजधानी पेरिससहित ९ शहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउन लागिएको बताउनुभएको हो । उहाँले शनिबारदेखि ९ शहरमा कर्फ्यू लगाउन लागेको र त्यो कम्तीमा ४ सातासम्म जारी रहने समेत बताउनुभएको छ ।

राष्ट्रपति म्याक्रोन मार्च अप्रिलमा पहिलोपटक फैलिएको कोरोनाको तुलनामा अहिले फैलिरहेको कोरोनाको नयाँ एकदमै नयाँ भएको समेत उल्लेख गर्नुभएको छ । कर्फ्यूपछि मानिसहरू राति अबेर रेष्टुरेन्ट तथा अन्य मानिसका निजी निवासमा जान पाउने छैनन् भने घरबाहिर निस्कन मानिसहरूसँग अत्यावश्यक कारण हुनुपर्नेछ । दैनिक जीवनमा महत्वपूर्ण हुने कुरामा भने कुनै पनि प्रकारको प्रतिबन्ध लगाइएको छैन्।

देशमा स्वास्थ्य आपतकालसमेत लागु गरेको फ्रान्समा बुधबार मात्रै २२ हजार ९ सय ५१ जना नयाँ संक्रमित फेला परेका थिए । यसैबीच कोरोनाको दोश्रो लहरसँग जुध्न अहिले युरोपका कयौं सरकारले नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन्। नेदरल्याण्डस्ले स्थानीय समय अनुसार रातको १० बजेदेखि आशिंक लकडाउन लागु गरेको छ । स्पेनको उत्तरपूर्वि क्षेत्र क्याटोलिनमा आजदेखि बार र रेष्टुरेन्ट १५ दिनका लागि बन्द रहने भएका छन् । यस्तै चेक रिपब्लिकले स्कूल र बार बन्द गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);