एजेन्सी, ६ चैत। फ्रान्समा पुनः एक महिनाका लागि लकडाउनको घोषणा गरिएको छ ।
कोरोना महामारीको तेश्रो लहर सुरु भएपछि प्रधानमन्त्री जीन कैस्टेक्सले पुनः एक महिनाका लागि लकडाउन गर्ने घोषणा गरेको हो । फ्रान्सका कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि लकडाउन गर्ने घोषणा गरिएको कैस्टेक्सको भनाई छ ।
जसअन्तर्गत राजधानी पेरिसलगायत अन्य १५ शहरमा कडा रुपमा लकडाउन हुने र तोकिएका शहरहरुको कुनै रेष्टुराँ, जीम हल, सिनेमा हल खुल्ने छैनन् भने फ्रान्सका नागरिक अर्को देशमा जान पाइने छैन ।
फ्रान्समा बुधबार मात्रै ३५ हजार संक्रमित थपिएका थिए । कोरोनाको तेश्रो लहर सुरु भएपछि युरोपका कतिपय राष्ट्रहरुले लकडाउनका घोषणा गरिसकेका छन् ।