कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्समा पुनः लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्समा पुनः लकडाउन


एजेन्सी, १३ कार्तिक । फ्रान्समा फेरि लकडाउन सुरु भएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि दोस्रोपटक लकडाउन घोषणा गरिएको हो ।

पछिल्लो समय महामारीको दोस्रो लहरबाट प्रभावित भएपछि राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधनमार्फत् शुक्रबारदेखि लागू हुने गरी पुनः लकडाउन घोषणा गर्नुभएको छ । यो पटकको लकडाउन कम्तीमा नोभेम्बरको अन्त्यसम्म कायम रहने छ ।

लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकबाहेकका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु पनि खुला हुने छन् । फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या अप्रिलयताकै धेरै भएको छ ।

दैनिक ३० हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् । कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्स पनि थियो जहा गत मार्चमा पहिलोपटक २ महिना लकडाउन भएको थियो ।

यता जर्मनीले पनि आपतकालीन रुपमा लकडाउन लागू गर्ने भएको छ । तर त्यहाँको लकडाउन फ्रान्सको भन्दा खुकुलो हुनेछ । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);