जर्मनीमा पुनः लकडाउन, स्कुल तथा अत्यावश्यक बाहेकका सबै व्यापार बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

जर्मनीमा पुनः लकडाउन, स्कुल तथा अत्यावश्यक बाहेकका सबै व्यापार बन्द


एजेन्सी , १ पुष । कोरोना संक्रमण बढेसँगै जर्मनीमा कडा लकडाउन जारी गरिएको छ । जर्मनीमा आगामी १० जनवरीसम्म स्कुल तथा अत्यावश्यक बाहेकका अन्य सबै व्यापार बन्द गरिएको छ ।

कडा लकडाउन जारी गरेपनि क्रिसमसमा भने केही छुट दिइने जर्मन पदाधिकारीहरुले जनाएका छन् । क्रिसमसको बेला एउटा परिवारले आफ्नो नजिकका चार जनालाई घरमा बोलाउन छुट दिइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

युरोपमा कोरोना संक्रमणबढेसंगै विभिन्न मुलुकले क्रिसमसअघि कडा नियम लागु गरेका छन् । फ्रान्समा रातको समय कफ्र्यु लगाएर पुन लकडाउन जारी गरिएको छ । महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन फ्रान्स सरकारले आग्रहसमेत गरेको छ । लकडाउनसँगै होटल बार तथा रेष्टुरेन्टहरु बन्द भएका छन् भने अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह गरिएको छ ।

फ्रान्समा आगामी जनवरी २४ सम्म लकडाउन गरिएको छ । यसैगरी वेलायत, स्पेन, इटाली र नेदरल्याण्ड्सले पनि कडा सुरक्षा मापदण्डको आदेश जारी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);