स्पेनको राजधानी म्याड्रिड र आसपासका क्षेत्रमा लकडाउनको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्पेनको राजधानी म्याड्रिड र आसपासका क्षेत्रमा लकडाउनको आदेश

एजेन्सी, १५ असोज । स्पेनको सरकारले कोरोना संक्रमण बढेको भन्दै राजधानी शहर म्याड्रिड र आसपासका क्षेत्रमा लकडाउन गर्ने आदेश दिएको छ । लकडाउनका नयाँ प्रतिबन्ध अनुसार स्थानीय बासिन्दाहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा हिँडडुल गर्न पूर्णरूपमा निषेध गरिएको छ । म्याड्रिडको क्षेत्रीय सरकारले लकडाउन कानुनीरूपमा मान्य नभएको बताएको छ ।

स्पेनमा बितेका सातामा भेटिएका करिब १ लाख ३४ हजार ६ सय ४ जना संक्रमितमध्ये झण्डै एक तिहाई बृहत्तर मड्रिड क्षेत्रबाट रहेका छन् । स्पेनका अधिकाशं क्षेत्रीय सरकार १ लाख भन्दा बढी बासिन्दा भएका क्षेत्रमा तीन वटा आधारहरू पुष्टि भए लकडाउन गर्न सकिने सहमति गरेका छन् । क्षेत्रीय सरकारहरू प्रति १ लाख ५ सय संक्रमित फेला परेमा, आईसियूमा विरामीको संख्या ३५ प्रतिशत भएमा र १० प्रतिशतको कोरोना परीक्षण ’पोजेटिभ’ आएमा लकडाउन गर्न सकिनेमा सहमत भएका हुन् ।

राजधानी म्याड्रिडमा हाल संक्रमित संख्या प्रति लाख ७ सय ८० छ जुन तय गरिएको आधारभन्दा बढी हो । लकडाउन अन्तरगत म्याड्रिड क्षेत्रका सीमाहरू अत्यावश्यक बाहेकका अवस्थामा बन्द गरिनेछ । मानिसहरूलाई काम, चिकित्सककोमा जान र किनमेलका लागि अनुमति दिइनेछ । खेलस्थल र पार्कहरू भने बन्द हुनेछन् । सामाजिक जमघटलाई ६ जनामा सिमित गरिनेछ ।

कन्जरभेटिभ विपक्षीको नियन्त्रणमा रहेको म्यड्रिडको क्षेत्रीय सरकारले भने लकडाउन कानुनसम्मत नभएको बताएको छ। सरकारले लकडाउनको घोषणा गरेपनि त्यहाँको क्षेत्रीय सरकारले लकडाउन नगर्ने विकल्प रोजेको छ । त्यसको सट्टा उसले ४५ वटा आधारभूत स्वास्थ्य क्षेत्रमा प्रतिबन्धहरू लगाएको छ । विश्व स्वास्थ्य संगठनले यसै साताको सुरूमा युरोपियन मुलुकमा संक्रमणमा चिन्ताजनक वृद्धि देखिएको बताएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);