नयाँ प्रकृतिको कोरोना संक्रमण बढ्न थालेपछि जापानमा पुनः लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नयाँ प्रकृतिको कोरोना संक्रमण बढ्न थालेपछि जापानमा पुनः लकडाउन

एजेन्सी, २४ पुष । नयाँ प्रकृतिको कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जापानमा पुनः लकडाउन घोषणा गरिएको छ । जापानका प्रधानमन्त्री योसिहिदा सुगाले राजधानी टोकियो र आसपासका मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री सुगाले कोरोनाको महामारी बढ्दै गएकाले होटल तथा रेष्टुरेन्टहरु सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएकाले सावधानी अपनाएर सोही अनुसार सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ । नयाँ वर्षलगत्तै जापानमा लकडाउन गर्ने बताइएपनि एक साता पछि मात्र लकडाउन घोषणा गरिएको हो ।

महामारी नियन्त्रणमा नआएसम्म खेलकुदका गतिविधि र सार्वजनिक समारोहहरु आयोजना नगर्न पनि प्रधानमन्त्री सुगाले आग्रह गर्नुभएको छ ।टोकियोमा मात्र हाल दैनिक करिब तीन सयको हाराहारीमा कोराना संक्रमित फेला पर्न थालेको जनाइएको छ ।

कोरोनाविरुद्धको खोप स्वीकृतिका लागि अन्तिम चरणमा रहेको भन्दै प्रधानमन्त्री सुगाले चाँडै नै सरकारले भ्याक्सिन उपलब्ध गराउने बताउनुभएको छ । सरकारले जारी गरेका लकडाउनका नियमहरु पालना नगर्नेहरुलाई कानुनी सजाय र जरिवानासमेत हुने जापानी अधिकारीहरुले चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);