जापानमा आगामी मे ११ तारिखसम्म कोरोना संकटकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

जापानमा आगामी मे ११ तारिखसम्म कोरोना संकटकाल घोषणा

एजेन्सी । जापान सरकारले राजधानी टोकियासँगै, ओसाका समेतका शहर र राज्यहरुमा संकटकालको घोषणा गरेको छ । शुक्रबार बसेको जापानी कोरोना नियन्त्रण सम्बन्धि स्पेशल टास्कफोर्सको बैठकमा प्रस्तुत संकटकाल सम्बन्धि प्रस्तावलाई प्रधानमन्त्री योशिहिडो सुगाले स्विकृत गर्नूभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री सुगाको सचिवालयले जनाए अनुसार, टोकियो, ओसाका, क्योटो और ह्योगो प्रांन्तमा कोरोना संकटकाल घोषणा गरिएको छ । संकटकाल घोषणा गरिएका प्रान्तमा ठुला समारोहको आयोजनमा समेत प्रतिबन्ध लगाईएको छ । सार्वजनिक यातायातका साधन बस र रेल सेवालाई साताको अन्तिम दिनमात्रै चल्ने अनुमती दिईएको छ ।

घोषित संकटकाल आगामी मे ११ सम्म कायम हुनेछ । जापानमा कोरोनाकै कारण लगाईएको यो तेश्रो संकटकाल हो । कोरोनाकै कारण जापानमा हुने ओलम्पिक समेत प्रभावित हुने सम्भावना बढेर गएको छ ।

आगामी २३ जुलाईबाट राजधानी शहर टोकियोमा हुने ओलम्पिक कोरोनाकै कारण प्रभावित हुने सम्भावना बढेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । १२ करोड ६१ लाख भन्दा बढी जनसंख्या रहेको जापानमा कोरोना कै कारण एक चौथाई बासिन्दा प्रभावित भइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);