कोरोना नियन्त्रणका लागि जापानमा लगाइएको स्वास्थ्य संकटकालको समय तीन हप्ता थपियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कोरोना नियन्त्रणका लागि जापानमा लगाइएको स्वास्थ्य संकटकालको समय तीन हप्ता थपियो

एजेन्सी । जापान सरकारले कोरोना संक्रमणका कारण घोषणा गरिएको स्वास्थ्य संकटकालको अवधि तीन हप्ताका लागि विस्तार गरेको छ ।

जापानमा पछिल्लो समय संक्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै देशका ९ प्रान्तहरूमा जुन २० सम्मका लागि स्वास्थ्य संकटकाल समयावधि थप गरेको हो ।

कोरोना नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धहरूले रेस्टुरेन्टहरुलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवाहरू प्रदान गर्न रोक लगाएको छ । स्वास्थ्य सावधानीका लागि विद्यालयहरू बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमहरूलाई पालना गर्नुपर्ने बताइएको छ ।

साथै जापानमा संकटकालको अवधि लगातार बढ्दै जादा आसन्न ओलम्पिक खेल प्रभावित हुने संभावना बढ्दै गएको छ । अघिल्लो वर्ष नैं हुनुपर्ने ओलम्पिक खेल कोरोना महामारीकै कारण यो वर्षका लागि सारिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);