अमेरिकाद्वारा आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न सचेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अमेरिकाद्वारा आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न सचेत

america flag

एजेन्सी । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न चेतावनी जारी गरेको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसीले जापानको सबै यात्रा तत्कालका लागि रोक्न सुझाव दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाले लेभल–४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोरोनाको अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापानलाई राखेको छ । जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएको कारण अमेरिका फर्कनु पर्ने नागरिकहरुले दूतावासमा सम्पर्क राख्न समेत भनिएको छ ।

जापानमा जुलाई २३ मा ओलम्पिक हुने भनिएको छ । सो कार्यक्रमको करिब २ महिना अघिमात्र अमेरिकाले आफ्ना नागरिकलाई सो सूचना जारी गरेको बताइएको छ । टोकियो ओलम्पिक सुरु हुन केही हप्ता मात्रै बाँकी हुँदा जापानमा संक्रमण बढ्दो क्रममा छ ।

तर अमेरिकी ओलम्पिक अधिकारीहरुले भने आफ्ना खेलाडीहरु सुरक्षित रुपमा प्रतियोगितामा भाग लिन पाउनेमा ढुक्क रहेको बताएका छन्। ओलम्पिक खेल आउँदो जुलाई २३ देखि सुरु हुँदैछ। संक्रमण बढ्दै जाँदा ओलम्पिक रोक्नु पर्ने माग पनि भइरहेको छ। तर जापानले भने सावधानी अपनाएर तोकिएकै समयमा खेल गर्ने बताउँदै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);