मलेसियामा दुई रेल ठोक्किँदा २ सय भन्दा बढी यात्रु घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मलेसियामा दुई रेल ठोक्किँदा २ सय भन्दा बढी यात्रु घाइते

एजेन्सी । मलेसियाको राजधानीको क्वालालम्पुरमा सोमबार राति नजिकैको भूमिगत रेलमार्गमा दुई रेल ठोक्किँदा २ सय भन्दा बढी यात्रु घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मलेसियाको पेट्रोनाज ट्वीन टावर नजिकैको टनेलमा सोमबार राति स्थानीय समय अनुसार ८:४५ मा एउटा खाली रेल र अर्को यात्रुवाहक रेल ठोक्किएका हुन्। खाली रेलमा एक चालकमात्र थिए ।

विपरीत दिशामा गइरहेका दुईवटा रेल एउटै ट्र्याकमा भएकाले दुर्घटना भएको हो। रेल वे ट्राफिकका कर्मचारीहरूले सञ्चार गर्दा फरक परेकाले दुबै रेल एउटै ट्र्याकमा कुदेको हुन सक्ने बताइएको छ।

घाइतेमध्ये १ सय ६६ जना सामान्य घाइते भएका छन् भने ४७ जनाको अवस्था गम्भीर छ ।

मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले दुर्घटनालाई गम्भीर भन्दै विस्तृत छानबिन गर्न निर्देशन दिएका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);