भारतमा काेराेना संक्रमितकाे संख्यामा केही कमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतमा काेराेना संक्रमितकाे संख्यामा केही कमी

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ४ सय २७ मा संक्रमण पुष्टि भएको छ ।

यो सँगै भारतमा संक्रमित हुनेको कुल संख्या २ करोड ६९ लाख ४७ हजार ४ सय ९६ पुगेको छ । ।

भारत दैनिक संक्रमित संख्या गिरावट आएको भएपनि संक्रमणका कारण मृत्यु हुनेको संख्या भने अझै घटेको छैन । पछिल्लो २४ घण्टामा मात्रै भारतमा चार हजार ४ सय ५४ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार ७ सय २० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाका ३ लाख २० हजार ५ सय ४४ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ३७ लाख २८ हजार ११ पुगेको छ ।

हाल भारतमा २७ लाख २० हजार ७ सय १६ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको संख्या पनि दैनिक क्रमिक रुपमा घटिरहेको छ ।

त्यसैगरी भारतमा हालसम्म १९ करोड ६० लाख ५१ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);