पछिल्लो २४ घण्टामा भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्यामा केही कमी, सक्रिय संक्रमित पनि अघिल्लो दिनभन्दा ९६ हजारले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पछिल्लो २४ घण्टामा भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्यामा केही कमी, सक्रिय संक्रमित पनि अघिल्लो दिनभन्दा ९६ हजारले घट्यो

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ७६ हजार एक सय १० मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका २० लाख ५५ हजार १० पीसीआर परीक्षणमध्ये दुई लाख ७६हजार १ सय १० मा संक्रमण पुष्टि भएको हो । पछिल्ला केही दिन दैनिक कोरोना संक्रमित संख्या ओरालो लागिरहेको भारतमा २ दिन यता भने फेरि उकालो लागेको छ ।

दुई दिन अघि दुई लाख ६३ हजारको हाराहारीमा संक्रमण पुष्टि भएको थियो भयो हिजो दुई लाख ६७ हजारमा संक्रमण पुष्टि भएको थियो ।

योसँगै भारतमा कोरोना संक्रमितको जम्मा संख्या दुई करोड ५७ लाख ७२ हजार ४ सय ४० पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ८ सय ७४ संक्रमितले ज्यान गुमाएका छन् । अघिल्लो २४ घण्टामा भने भारतमा मृत्यु हुनेको संख्या हालसम्म कै उच्च चार हजार ५ सय नाघेको थियो । योसँगै भारतमा जम्मा दुई लाख ८७ हजार १ सय २२ ले संक्रमणका कारण ज्यान गुमाई सकेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने तीन लाख ६९ हजार ७७ सहित भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई करोड २३ लाख ५५ हजार ४ सय ४० पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्यामा पनि कमी आईरहेको छ । हाल भारतमा ३१ लाख २९ हजार ८ सय ७८ सक्रिय संक्रमित रहेका छन् जुन अघिल्लो दिनको भन्दा ९६हजार ८ सय ४१ ले कम हो ।

यसैक्रममा भारतमा हालसम्म १८ करोड ७० लाख ९ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेको छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);