जारी हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधान गर्न इजरायलमाथि अमेरिकाको दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जारी हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधान गर्न इजरायलमाथि अमेरिकाको दबाब

अमेरिकाले जारी हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथिको दबाब बढाएको छ ।

महत्वपूर्ण सहयोगी राष्ट्र रहँदै आएको अमेरिकाले इजारायल–प्यालेस्टाइन हिंसा दोस्रो हप्ता पुग्दा बालबालिकासहित सर्वसाधारणको ज्यान गएको भन्दै इजरायली प्रधानमन्त्रीमाथि अमेरिकाले दबाब बढाएको हो ।

इजरायलसँग प्यालेस्टाइनी हमास बिद्रोहीबाट हुन सक्ने चुनौतिमा आत्मरक्षाको अधिकार रहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आक्रमण कम गर्न आग्रह गरेकाे छ ।

बाइडेनको चाहना युद्धविरामका लागि मार्ग प्रशस्त होस् भन्ने रहेको र त्यसका लागि इजरायली प्रधानमन्त्री नेतन्याहूलाई आक्रमण ठूलो स्तरमा कम गर्न भनेको ह्वाइट हाउसले जनाएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार आफ्ना नागरिकको सुरक्षाको सुनिश्चितता नभएसम्म आक्रमण जारी रहने नेतन्याहूले बताएका छन् । गाजा तर्फबाट रकेट तथा इजरायलले हवाई आक्रमण गर्दै आएको छ ।

इजरायली आक्रमणका कारण पहिले नै नाजुक अवस्थामा रहेको गाजाको अवस्था थप भयावह बनेको भन्दै संयुक्त राष्ट्रसंघसहितका सहायता संगठनले चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);