इजरायलले रफाहमा आक्रमण गरे हतियार आपूर्ति रोक्ने अमेरिकाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

इजरायलले रफाहमा आक्रमण गरे हतियार आपूर्ति रोक्ने अमेरिकाको चेतावनी

अमेरिकाले इजरायलका लागि हतियार आपूर्ति रोक्ने चेतावनी दिएको छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई गाजाको रफाह क्षेत्रमा आक्रमण नगर्न चेतावनी दिँदै हतियार आपूर्ति बन्द गर्ने धम्की दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाइका छन् ।

इजरायलले गाजा शहर रफाहमा भूमिगत कारबाही शुरु गरेमा हतियार आपूर्ति बन्द बाइडेनको चेतावनी छ । राष्ट्रपति बाइडेनले सर्वसाधारणको जीवन रक्षाका लागि इजरायललाई दिँदै आएको सैन्य सहयोग कटौती गर्नुपर्ने अवस्था आएको भन्दै गम्भीर हुन तेल अविवललाई भन्नु भएको छ । यसअघि बुधबार मात्रै अमेरिकाले इजरायलमा पठाउन लागेको बम तथा विस्फोटक पदार्थ रोकीसकेको छ ।

इजरायलले रफाहमा ठूलो आक्रमण गर्ने तयारी गरिरहेको छ । तर दक्षिणी गाजाको आधाभन्दा धेरै जनसङ्ख्या रहेको रफाह शहरमा इजरायलले आक्रमण गरेमा धेरै नागरिकको हताहत हुनसक्ने भन्दै अमेरिकाले चिन्ता जनाएको छ । इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासको अन्त्यका लागि रफाहमा आक्रमण गरेरै छाड्ने अडान राख्दै आएको छ ।

दक्षिणी गाजान शहर रफाहमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । इजरायली लडाकु विमानले रफाहका विभिन्न क्षेत्रहरूमा आवासीय घरहरूलाई लक्षित गरी दर्जनौं हवाई आक्रमणहरू गरेको बताइएको छ ।

इजरायली तोपखालले रफाहको पूर्वी बाहिरी भागमा कृषि भूमिहरूमा पनि गोलाबारी गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र हमास दुवैलाई जारी द्वन्द्व अन्त्य गर्न फेरी आह्वान गर्नुभएको छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);