चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका

एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताईवानमाथि हमला गरे अमेरिकाले उसको  रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताईवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौं,’ राष्ट्रपति बाइडेनले भने ।

तर, ह्वाईटहाउसका प्रवत्ताले राष्ट्रपतिको भनाईले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको धारणा व्यक्त गरेका छन् ।  यस्तै, बाइडेनको अभिव्यक्तिले चीनप्रतिको आफ्नो अडानमा कुनै परिवर्तन नहुने ताइवानले जनाएको छ ।  

ताइवानलाई रक्षा गर्ने विषयमा अमेरिकाले लामो समयदेखि अस्पष्ट रणनीति अभ्यास गर्दैै आएको छ । यसको अर्थ चीनले ताइवानमाथि हमला गर्‍यो भने उसलाई कसरी रक्षा गर्ने भन्ने विषयमा अमेरिका पूर्ण रुपमा अस्पष्ट छ । 

चीनले ताइवानलाई आफूबाट बिभाजित भएको एउटा प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ जबकी ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक ठान्छ । ताइवानसँग अमेरिकाको कुनै कूटनीतिक सम्बन्ध छैन् तर उसलाई लामो समयदेखि हतियार बिक्री गर्दै आएको छ । बाइडेनको अभिव्यक्तिप्रति ताइवानको राष्ट्रपतिको कार्य तटस्थ छ । उसले  चीनको दबाबको सामु पनि नझुक्ने र अमेरिकी समर्थनबाट उत्साहित नहुँने जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);