ताइवानकी राष्ट्रपति अमेरिका उत्रिएपछि चीन क्रुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

ताइवानकी राष्ट्रपति अमेरिका उत्रिएपछि चीन क्रुद्ध

एजेन्सी । ताइवानकी राष्ट्रपति साई इङ्ग वेन अमेरिका उत्रिएपछि चीन क्रुद्ध भएको छ । मध्य अमेरिकाको भ्रमणका क्रममा उनले न्युयोर्कलाई ट्रान्जिट बनाएकी हुन् । यो घटनालाई चीनले गम्भीर रुपमा लिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले वेन मध्य अमेरिकाबाट फर्कने क्रममा अमेरिकी सभामुख केभिन म्याकार्थीलाई क्यालिफोर्नियामा भेट्ने उल्लेख गरेका छन् । यसअघिकी अमेरिकी सभामुख नान्सी पेलोसी सन् २०२२ को अगष्टमा ताइवान पुगेकी थिइन् । यस क्रममा चीनले विरोध जनाएको थियो ।

अमेरिकाले ताइवानकी राष्ट्रपति वेनलाई उत्रन दिएको घटनालाई चीनले सामान्य रुपमा लिनुपर्ने भनेको छ । तर, चीनले यो घटनाले तनाव बढाउने स्पष्ट पारेको छ ।

ताइवानलाई चीनले आफ्नो भूभाग भन्दै आएको छ । तर, टापु भूभाग ताइवानले स्वतन्त्र राष्ट्रका रुपमा अभ्यास गर्दै आएको छ । विश्वका अधिकांश देशले ताइवानलाई राष्ट्रका रुपमा मान्यता दिएका छैनन् । चीनले कुनैपनि बेला ताइवानमाथि आक्रमण गर्न सक्ने योजनाहरुबारे बेला बेलामा खबर सार्वजनिक हुने गरेका छन् । तर, अमेरिकालगायत पश्चिमा देशहरुले ताइवानमाथि हमला गरे कडा कदम चाल्ने चेतावनी चीनलाई दिने गरेका छन् ।

पछिल्लो समय अमेरिकाको चीनसँग तनाव बढ्दै जाँदा ताइवानकी राष्ट्रपति वेनलाई थिंक ट्यांक कार्यक्रमको बहानामा न्युयोर्क पुगेकी हुन् । उनी बसेको होटल बाहिर चिनियाँ नागरिकले विरोध गरेको खबर छ । तर, ताइवान समर्थितहरुले उनको स्वागत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);