सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्‍योः पाण्डे | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८३, शुक्रबार

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्‍योः पाण्डे

काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासघका उपाध्यक्ष (एसोसिएट) तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कोषमा जम्मा भएको अर्बौँ रुपैयाँ बैंकमा राखेर मात्र उपलब्धिमूलक नहुने बताउँदै ठूला परियोजना, उद्योग तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार कोषको रकम उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके देशको विकासमा योगदान पुग्नुका साथै श्रमिकले आफ्नो योगदानको राम्रो प्रतिफलसमेत प्राप्त गर्न सक्छन् । पाण्डेले मन्त्रालयको नाम र संरचना परिवर्तन भए पनि श्रमिकको सामाजिक सुरक्षाप्रतिको सरकारको जिम्मेवारी परिवर्तन हुन नहुने बताउनु भयो ।

पहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एउटै रहेकामा अहिले श्रम तथा रोजगार र सामाजिक सुरक्षासम्बन्धी विषय फरक मन्त्रालयबाट हेरिन थालेको बताउँदै उहाँले यसले नीति कार्यान्वयनमा अन्योल र ढिलाइ हुन नहुने बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोष, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको मूल मर्म एउटै हुनुपर्नेमा जोड दिनुभयो । रोजगारदाता र श्रमिक सङ्गठनको जिम्मेवारी सम्हाल्ने मन्त्रालयका विषयमा अन्योल सिर्जना हुँदा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रभावित हुन नहुने उहाँको भनाइ छ । सरकारले हालै सार्वजनिक खरिदमा आबद्ध श्रमिकहरूको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ जारी गरेको सन्दर्भमा उहाँले त्यसका केही प्रावधानले निजी क्षेत्रमा चुनौती थप्न सक्ने बताउनु भयो । उहाँकाअनुसार निजी क्षेत्रमा न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५५० रुपैयाँ र दैनिक ज्याला ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा संलग्न अदक्ष श्रमिकको दैनिक ज्याला ७४० रुपैयाँ निर्धारण गरिएको छ ।

एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली कायम हुँदा श्रमिक पलायन, निजी उद्योगको लागत वृद्धि तथा प्रतिष्पर्धात्मक क्षमतामा असर पर्नसक्ने उहाँले बताउनु भयो । रोजगारदाता र श्रमिकको सहभागिताबिना पारिश्रमिक निर्धारण गरिएको विषयमा पनि उहाँले प्रश्न उठाउनु भयो । पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ पारिश्रमिक तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा पुरानै ठेक्कामा काम गरिरहेका व्यवसायीलाई तत्काल नयाँ दरअनुसार भुक्तानी गर्न कठिन हुने उहाँको भनाइ छ ।उहाँले कार्यविधि जारी गर्दा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महासन्धि नम्बर १४४ र १३१ तथा श्रम ऐन, २०७४ को मर्मलाई समेत ध्यान दिनुपर्ने बताउनु भयो । कार्यविधिमा आवद्ध नभएका कम्पनीलाई कालोसूचीमा राख्ने, रनिङ बिल रोक्का गर्ने तथा ठेक्का खारेज गर्नेजस्ता कारबाहीका व्यवस्था भए पनि साना कम्पनी र श्रम आपूर्तिकर्तालाई अनलाइन दर्ता, सामाजिक सुरक्षा कोषको परिचय नम्बर तथा मासिक विवरण बुझाउने प्रक्रियामा सहजीकरण गर्ने व्यवस्था आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार पहिले सहजीकरण गरेर त्यसपछि मात्रै कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ । पाण्डेले श्रमिकबाट सामाजिक करबापत कट्टा गरिएको रकम पनि सामाजिक सुरक्षा कोषमा जम्मा हुनुपर्ने महासंघको बताउनु भयो । विगतमा सामाजिक सुरक्षा करका रूपमा कट्टा गरिएको रकम अझै कोषमा नआएको उल्लेख गर्दै श्रमिकको नाममा कट्टा हुने प्रत्येक रुपैयाँ श्रमिककै खातामा जम्मा हुनुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार