कर्मचारी संचय कोषमा ३ खर्ब ९ अर्ब ८५ करोड रकम जम्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कर्मचारी संचय कोषमा ३ खर्ब ९ अर्ब ८५ करोड रकम जम्मा

sanchaye kosh

काठमाडौं, ३१ भदौ । कर्मचारी संचय कोषको रकम ३ खर्व ९ अर्व ८५ करोड पुगेको छ । कर्मचारी संचय कोषले स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो ।

त्यसमध्ये ३ खर्व ३८ अर्व ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिनु भयो । कोषले गत श्रावण महिनासम्ममा ३१ अर्व ४५ करोड जगेडा रकम रहेको जनाएको छ ।

कर्मचारी संचय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख संचयकर्ता छन् ।उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सामान्य रोग लागेमा १ लाख तथा घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च दिने गरी स्वास्थ्य विमा सेवा पनि संचालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);