उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ ।

नेपालको एक दिने सद्भावना भ्रमणका लागि आउनुभएकी जापानकी विदेशमन्त्री कामिकावाले आईतवार अपरान्ह सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गर्नुभएको हो ।

दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धहरुलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा पनि आपसी छलफल भएको उहाँले बताउनु भयो उहाँहरुबीच विश्वका विभिन्न परराष्ट्रसँग सम्बन्धित मामिलाबारे पनि छलफल भएको छ ।

जापानकी विदेशमन्त्री कामिकावा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको एक दिन भ्रमणका क्रममा नेपाल आउनुभएको हो ।

उहाँ राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरी आजै स्वदेश फर्कनु हुनेछ । त्यसअघि उहाँले आफ्नो सम्मानमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आयोजना गर्नुभएको रात्री भोजमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);