९ दिने चीन भ्रमणमा गएका नारायणकाजी श्रेष्ठले के के गर्लान् ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

९ दिने चीन भ्रमणमा गएका नारायणकाजी श्रेष्ठले के के गर्लान् ?

काठमाडौं,१२ चैत्र । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जानु भएको छ । नेपालको कूटनीति कमजोर बन्दै गएको आरोपका बीच परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि चीन जानु भएको हो ।

चीनमा विदेशमन्त्री वाङ यीसँग हुने भेटवार्तामा दुईपक्षीय विविध विषयमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सत्तारुढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनु भएका मन्त्री श्रेष्ठको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर गर्ने योजना भने छैन । तर नेपाल र चीनबीच सात वर्षअघि भएको सम्झौता अनुरुप बीआरआईको कार्यान्वयन योजना लगायत विषयमा भने छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल चीनबीच बीआरआई सम्झौता भए पनि त्यो परियोजना ऋणमा सञ्चालन गर्न नसकिने नेपालको अडान छ । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गरिरहेको चीन बीआरआई परियोजना अगाडि बढाउन चाहन्छ । त्यसका लागि पनि यो भ्रमण महत्त्वपूर्ण हुने बताईएको छ । श्रेष्ठले बेइजिङपछि चीनका विभिन्न प्रान्तमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);