परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै

pradip gyawali

काठमाडौं, ३ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ६ दिने भ्रमणका लागि आज चीन जाँदैछन् । परराष्ट्रमन्त्री ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि चीन जान लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ वीको निमन्त्रणामा चीन जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले वैशाख ५ गते वीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ज्ञवालीले बेइजिङमा रहँदा चिनीयाँ नेताहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ । ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका साथै नेपाल र चीनबीच यसअघि भएका सम्झौता कार्यान्वयनका विषयमा कुरा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आफ्नो भ्रमणका बारेमा जानकारी गराउन ज्ञवालीले अपरान्ह ३ बजे पत्रकार सम्मेलन गर्दैछन् । ज्ञवाली राति ११ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);