परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

काठमाडौं, ५ वैशाख । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ्ग यीसँग भेटवार्ता गरेका छन् । भेटमा ज्ञवालीले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानबारे जानकारी गराउँदै छिमेकी मुलुक चीनबाट सहयोगको अपेक्षा गरेको बताए ।

चिनियाँ विदेशमन्त्री वाङ्गले पनि नेपालको समृद्धिका लागि चीन सरकारले सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बेइजिङमा दुई देशका विदेशमन्त्रीबीच भएको छलफलबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

तर, दुई देशको हित र कुटनीतिक सम्बन्धका बारेमा पनि उनीहरुबीच कुराकानी भएको बुझिएको छ । भेटवार्तापछि दुवै देशका मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । विदेश मन्त्रीसँगको भेटअघि ज्ञवालीले चिनियाँ उप–राष्ट्रपति वाङ्ग क्वीशानसँग भेटवार्ता गरेका थिए ।

परराष्ट्र मन्त्री ज्ञवाली सोमबार पाँच दिने भ्रमणका लागि चीन गएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको चीन भ्रमणको पूर्व तयारीका लागि परराष्ट्रमन्त्री ज्ञवाली त्यहाँ गएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);