चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो ।बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा उनलाई राखिएको छ । उनको शुक्रबार कुनै औपचारिक कार्यक्रम रहेको छैन ।

चिनियाँ विदेशमन्त्री वाङ आज साँझ काठमाडौंस्थित चिनियाँ दूतावास पुग्ने छन् । त्यहाँ उनले चिनियाँ राजदूत र नेपालमा रहेका चिनियाँ समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 

शनिबार विहान हाइकिङको लागि उनी शिवपुरी पुग्नेछन् । हाइकिङबाट फर्केपछि विहान १० बजे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नेछन् । 

परराष्ट्र मन्त्रालयमा नै दुई देशका विदेशमन्त्रीको उपस्थितमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्ने छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका छ । 

सिंहदरबारबाट निस्केपछि शनिबार उनी दिउँसो  प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । 

चिनियाँ विदेशमन्त्री वाङ आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम रहेको छ । त्यसपछि उनले आइतबार नै मध्यान्ह नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम छ । ओली र प्रचण्डसँग नक्सालस्थित होटेल मेरियटमा उनले भेट गर्नेछन् । आइतबार नै उनी स्वदेश फर्कने छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);