स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८३, मंगलबार

स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास सम्भव नरहेको बताउनुभएको छ ।मंगलवार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरि बतास आउन सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले नयाँ राजनीतिक दलले गरेका कामहरु आम नागरिकले विस्तारै बुझ्दै गएको बताउनु भयो । स्थानीय तहको निर्वाचनमा इतिहास र पृष्ठभूमि र काम हेरेर जनताले मतदान गर्ने भएकाले सबैले सक्रियताका साथ काममा लाग्नुपर्ने बताउनु भयो । स्थानीय तहमा राम्रो परिणाम ल्याउनसके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने जिकिर समेत गर्नुभयो । संयोजक दाहालले आम कार्यकर्ताले जति धेरै सक्रियता देखाउँछन् त्यति नै बढी सिट स्थानीय तहको निर्वाचनमा जित्ने दाबी गर्नुभयो ।

Leave a Reply

ताजा समाचार