उपेन्द्र यादवले सुनाए मधेसी दलहरुबीच एकताको सन्देश, अब चुनावमा साझा उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपेन्द्र यादवले सुनाए मधेसी दलहरुबीच एकताको सन्देश, अब चुनावमा साझा उम्मेदवार

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा साझा उम्मेदवार बनाउनेबारे मधेसी दलहरुबीच बहस, मधेस आन्दोलनको उपलब्धी रक्षा गर्न साझा उम्मेदवार बनाइनुपर्नेमा उपेन्द्र यादवको जोड

उपेन्द्र यादवले सुनाए मधेसी दलहरुबीच एकताको सन्देश

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मधेस केन्द्रित दलहरुले साझा उम्मेदवार बनाउनुपर्ने बताउनु भएको छ ।

यादवले मधेशी जनताको अधिकार प्राप्त गर्न पनि मधेशी मोर्चा एकतावद्ध भएर दोस्रो चरणको निर्वाचनमा जानुपर्ने आवश्यक्ता औल्याउनु भयो ।

आईतबार जनकपुरमा संचारकर्मीसँग कुरा गर्दै उहाँले मधेश विरोधी शक्तिलाई पराजित गर्न पनि मधेश केन्द्रित दलहरुले स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवार बनाउनुपर्ने उल्लेख गर्नु भयो । उहाँले मधेसका सबै दलहरुले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास पनि व्यक्त गर्नु भयो ।

यादवले प्राप्त उपलब्धिलाई संस्थागत गर्न र थप उपलब्धि प्राप्त गर्न पनि आफनो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले स्थानीय तहको निर्वाचनलाई मधेशको अधिकार प्राप्तीको आन्दोलनको कडीको रुपमा लिइएको दावी समेत गर्नु भयो ।

अध्यक्ष यादवले मधेश केन्द्रित दलहरु सशक्त नभए मधेशको माग सम्बोधन नहुने पनि उल्लेख गर्नु भयो । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);