रन्जुको दश हजार कट्यो, विद्याले लिए सात हजारको अग्रता, भरतपुमा एमाले नै अगाडी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रन्जुको दश हजार कट्यो, विद्याले लिए सात हजारको अग्रता, भरतपुमा एमाले नै अगाडी

काठमाडौं । यतीबेला तीन महानगर र एक उपमहानगरको मत गणना जारी छ भने पोखरा महानगरको मत गणना रोकिएको छ । पछिल्लो परिणाम अनुसार काठमाडौंमा एमालेले अग्रता बढाउँदै लगोको छ ।

रन्जुको दश हजार कट्यो

काठमाडौं । यतीबेला तीन महानगर र एक उपमहानगरको मत गणना जारी छ भने पोखरा महानगरको मत गणना रोकिएको छ । पछिल्लो परिणाम अनुसार काठमाडौंमा एमालेले अग्रता बढाउँदै लगोको छ ।

एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ७ हजार ४ सय ४२ मतको अग्रता कायमै गरेका छन् ।

उनले २५ हजार १ सय ५२ मत ल्याएका छन् भने कांग्रेसका राजुराज जोशीले १७ हजार ७ सय १० मत पाएका छन् । तेस्रो स्थानमा रहेको विवेकशीलकी रञ्जु न्यौपानेले १० हजार १ सय ४७ मत पाएकी छिन् । उनले दश हजार मत कटाएकी छन्र।

साझा पार्टीका किशोर थापाले ७ हजार ६ सय ७१ मत पाएका छन् ।  यता पोखराको लेखनाथ महानगरपालिकामा भने मत गणना रोकिएको छ ।

चितवनको भरतपुर महानगरमा पनि एमालेले अग्रता बढाउँदै लगेको छ । एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता २२ सय पुर्याएका छन् ।

उनले १९ हजार ९ मत पाएका छन् भने माओवादी केन्द्रकी नेतृ रेणु दाहालले १७ हजार ६९९ मत ल्याएकी छिन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);