कास्की २ मा घण्टीका उम्मेदवार माधवप्रसाद कडेललाई अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कास्की २ मा घण्टीका उम्मेदवार माधवप्रसाद कडेललाई अग्रता

पोखरा। कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय ६२ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय १० मत र  राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको  । त्यसैगरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि हलोले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उमेद्वार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । ५ सय ४१ मत गणना हुदाँ १ सय ९९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका भिम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो ।

कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना सोमबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु  हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);