दोस्रो चरणको निर्वाचनको मिति सार्न सरकार तयारः निधि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दोस्रो चरणको निर्वाचनको मिति सार्न सरकार तयारः निधि

१३ जेठ, काठमाडौं । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति ५ दिनपछि सार्ने प्रस्ताव अघि सारेको छ ।

दोस्रो चरणको निर्वाचनको मिति सार्न सरकार तयारः निधि

१३ जेठ, काठमाडौं । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति ५ दिनपछि सार्ने प्रस्ताव अघि सारेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन स्थानीय तहको दोस्रो चरणको निर्वाचन ५ दिन पछि सार्न सरकार तयार रहेको बताउनु भएको हो ।

शनिबार सानेपास्थित काँग्रेस केन्द्रिय कार्यालयमा संचारकर्मीमाँझ कुरा गर्दै उहाँले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकारले हदैसम्म प्रयास गरिरहेको दावी गर्नु भयो । उहाँले जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन केही दिन पर सार्न प्रमुख प्रतिपक्ष एमालेसँग सहमति गर्न सरकारले पहल गरिरहेको जानकारी पनि  दिनु भयो ।

सरकारले राष्ट्रिय जनता पार्टीको दल दर्ता, निर्वाचन चिन्ह प्रदान लगायतका माग सम्बोधन गर्न राजनीतिक दलसम्बन्धि ऐन संशोधन गर्ने प्रतिवद्धता समेत जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन सम्बन्धि ऐन परिवर्तन गर्न नपाउने व्यवस्था छ । तर सरकारले राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा सहभागी गराउन सो ऐन समेत संशोधन गर्ने प्रतिवद्धता जनाएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);