सरकारको नीति तथा कार्यक्रमाथि संसदमा छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सरकारको नीति तथा कार्यक्रमाथि संसदमा छलफल सुरु

१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा छलफल सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रमाथि संसदमा छलफल सुरु

१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा छलफल सुरु भएको छ ।

विहिबार सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि शनिवारदेखि छलफल सुरु गरिएको हो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका उपनेता सुवाष नेम्बाङले काम चलाउ सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई धन्यवाद मात्रै दिन सकिने टिप्पणी गर्नु भयो । उहाँले काम चलाउ सरकारले विगतकै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम ल्याउने भएकाले यसमा छलफल गरिरहन नपर्ने तर्क गर्नु भयो ।

सत्तारुढ काँग्रेस सांसद रामहरि खतिवडाले भने सरकारले सबै दलको भावनालाई समेटेर साझा दस्तावेजको रुपमा नीति तथा कार्यक्रम ल्याएको भन्दै खुसी व्यक्त गर्नु भयो । उहाँले सरकारले उज्यालो नेपालको परिकल्पना गरेर मुलुकलाई आत्मनिर्भर बनाउने नीति लिएर राष्ट्र र जनताको पक्षमा महत्पपूर्ण काम गरेको दावी समेत गर्नु भयो । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई विपक्ष दलहरुले समेत विरोध गर्ने अवस्था नरहेको दावी गर्नु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद कुन्तीकुमारी शाहीले स्वाधिन अर्थतन्त्र निर्माणको आधार सरकारको नीति तथा कार्यक्रममा नआएको दावी गर्नु भयो । नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले राष्ट्रिय हित अनुकूल नीति तथा कार्यक्रम आउन नसकेको दावी गर्नु भयो । आइताबार बस्ने संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठाएका प्रश्नको जवाफ दिनु हुनेछ । सोमबार सरकारले बजेट पेश गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);