सरकारको नीति तथा कार्यक्रममाथिका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सरकारको नीति तथा कार्यक्रममाथिका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, १२ जेठ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्रीले आज जवाफ दिने कार्यसूची छ ।

आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ । आइतबारदेखि संसदमा छलफल सुरु भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रम गत जेठ ५ गते संसदमा प्रस्तुत गरेका थिए । सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । आगामी जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);