प्रतिनिधिसभामा प्रधानमन्त्री नबोल्ने, नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

प्रतिनिधिसभामा प्रधानमन्त्री नबोल्ने, नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौँ — नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले नदिने भएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बुधबार छलफल हुँदैछ ।

संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था छ । तर, प्रधानमन्त्री शाहको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

प्रधानमन्त्री सचिवालय र अर्थमन्त्रीको सचिवालयका स्रोतका अनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।

संसद् सचिवालयका एक अधिकारीले पनि प्रधानमन्त्रीको सट्टामा अर्थमन्त्रीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

ताजा समाचार