सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

parit

काठमाडौं, ६ जेठ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट जेठ २ गते नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद मीनेन्द्र रिजाल, जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल, राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादीका सांसद सरिता गिरीले संशोधन प्रस्ताव राख्नु भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले संशोधन फिर्ता लिनका लागि संशोधनकर्ता सांसदहरूलाई समय दिनुभएको थियो । बिपक्षी सांसदहरुले संशोधन प्रस्तावमा माग गरिएका विषय नीति तथा कार्यक्रममा सम्बोधन नभएको भन्दै संशोधन प्रस्ताव फिर्ता नलिएपछि ती सबै संशोधन प्रस्ताव बहुमतले अश्वीकृत भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूलाई संशोधन प्रस्ताव फिर्ता लिएर नीति तथा कार्यक्रमलाई समर्थन जनाउन आग्रह गर्नुभएको थियो ।

त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । निर्णयार्थ प्रस्तुत गर्दा सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);