नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले आज जवाफ दिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले आज जवाफ दिंदै

pm-kp oli

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै छन् ।

प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नको आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा जवाफ दिनु हुने भएको हो । सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद्ले नीति तथा कार्यक्रमको समर्थन गरेपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनेक संज्ञा दिएर विरोध गरेको थियो ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनको विषयमा मौन रहेको भन्दै आपत्ति जनाएको थियो । प्रधानमन्त्री ओलीले सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिएप्छि नीति तथा कार्यक्रममाथि परेका संशोधन निर्णयार्थ प्रस्तुत गरिनेछन् ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा ६ वटा संशोधन परेका छन् । संशोधन प्रस्तावपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने कार्यसूचि छ । आजैको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूचि छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);