बाढीपीडितका नाममा आएको सहयोग वास्तविक पीडितसम्म पुर्‍याउन सरकारलाई गैरेको आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

बाढीपीडितका नाममा आएको सहयोग वास्तविक पीडितसम्म पुर्‍याउन सरकारलाई गैरेको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले बाढीपहिरोबाट प्रभावित बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण र पुनःस्थापनाका लागि सरकारले स्पष्ट योजना ल्याउन माग गर्नुभएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा उहाँले तिब्बततर्फबाट आएको हिमपहिरोपछि बाढीले नेपालका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै जोखिमयुक्त क्षेत्रमा कार्यरत प्राविधिकसमेत बेपत्ता भएको बताउनुभएको हो । बाढीपहिरोको असर चितवनसम्म पुगेको भन्दै उहाँले क्षतिको यकिन विवरण निकाल्नसमेत कठिन भइरहेको बताउनु भयो । गैरेले बाढीका कारण धेरै बालबालिका टुहुरा भएको र वृद्धवृद्धा असहाय अवस्थामा पुगेको उल्लेख गर्दै उनीहरूको दीर्घकालीन हेरचाह र संरक्षणका लागि सरकारले छुट्टै योजना बनाउनुपर्ने बताउनु भयो । बाढीपहिरो प्रभावितका लागि स्वदेश तथा विदेशबाट सहयोग जुटिरहेको उल्लेख गर्दै गैरेले प्राप्त सहयोग वास्तविक पीडितसम्म पारदर्शी र व्यवस्थित ढंगले वितरण हुनुपर्नेमा जोड दिनुभयो । तीज मनाउन लागेका महिलाहरूले समेत प्रभावितलाई सहयोग गरेको उल्लेख गर्दै उहाँले सहयोग कहाँ र कसरी वितरण भइरहेको छ भन्नेबारे यथार्थ जानकारी सार्वजनिक गर्न माग गर्नुभयो ।

उहाँले राहत तथा सहयोगमा कुनै राजनीतिक वा व्यक्तिगत स्वामित्वको दाबी गर्न नहुने बताइउनु भयो । गैरेले बाढीपहिरोबाट भौतिक पूर्वाधारमा भएको क्षतिलाई लिएर विगतको विकास निर्माण र पूर्वाधारको अवस्थामाथि पनि प्रश्न उठाउनु भयो ।

Leave a Reply

ताजा समाचार