जनअपेक्षा अनुसार काम गर्न नसकेको बाबुरामको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनअपेक्षा अनुसार काम गर्न नसकेको बाबुरामको आरोप

काठमाडौं, २ असोज । जनता समाजवादी पार्टी जसपाका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ । डाक्टर भट्टराईले राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन र अभियानबाट गरिएको जन अपेक्षा अनुसार सरकारले काम नगरेको आरोप लगाउनु भएको हो ।

अहिले कोरोना कहर सबैका लागि ठूलो त्रास भएको उल्लेख गर्दै उहाँले जीव विज्ञान र भौतिक विज्ञानको खास नियमले काम गर्ने तथ्यलाई सरकारले त्यस अनुरुपको नीति नबनाएको बताउनु भयो । यसको असर सामाजिक र आर्थिक क्षेत्रमा पर्छ भन्ने बुझेर राज्यले सुरुदेखि नै नीति नबनाएको कारण मुलुकको आर्थिक अवस्था लथालिंग हुने अवस्थामा रहेको डाक्टर भट्टराई भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);