आज संसदमा ओलीले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज संसदमा ओलीले सम्बोधन गर्ने

काठमाडौं, ७ जेठ । सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल सुरु हुने भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने ओलीको तर्क छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा आज ओलीले विरोधसमेत जनाउने छन् ।
छलफलका लागि आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रम गत जेठ ५ गते संसदमा प्रस्तुत गरेका थिए । आजको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । आव २०८०/८१ को नीति तथा कार्यक्रम माथि आजदेखि ११ जेठसम्म छलफलका लागि समय तोकिएको छ ।

सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । आगामी जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);